Saturday, March 5, 2016

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै,यस्तो छ निर्वाचन तालिका

काठमाडौं,फागुन २३ । कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न आइतबार मतदान हुँदैछ। देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका करिब ३२ सय प्रतिनिधीले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचनमा भाग लिनेछन्। महाधिवेशनस्थल भृकुटीमण्डप अगाडिको राष्ट्रिय सभागृहमा मतदान गरिनेछ।

‘निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको छ,’ कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने-‘आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।’ पार्टी कार्यालय सानेपामा रहेको निर्वाचन समितिको युनिट सभागृहमा पनि स्थापना गरिएको छ। कांग्रेसले आफ्नो महाधिवेशनमा विद्युतीय निर्वाचन प्रणालीलाई अपनाएको छैन।

घिमिरेका अनुसार धनुषा-५ मा क्षेत्रीय निर्वाचन हुन नसकेकाले ३ हजार १ सय ६१ मतदाता छन्। तात्कालिन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जना महाधिवेशन प्रतिनिधिले मत दिन पाउने/नपाउने भन्नेमा निर्णय हुन बाँकी छ। मनोनीतले मत दिन पाएमा मतदाता ३ हजारा १ सय ९१ पुग्ने जानकारी घिमिरेले दिए।

सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि निर्वाचन हुनेछ। पदाधिकारीको ३ पदमा १० जना सहित ३ सय १२ जना उम्मेदवार छन्।

घिमिरेले ति पदहरुमा मतदानका लागि ९ किसिमको मत्रपत्र तयार पारिएको बताए। उनका अनुसार पदाधिकारीमा सभापतिका लागि छुट्टै तथा महामन्त्री र कोषाध्यक्षलाई एउटै मत्र पत्र बनाइएको छ । बाँकी ७ वटा छुट्टा छुट्टै मत पत्र खुला, महिला खुला, आदिवासी जनजाति, मुस्लिम, मधेसी, दलित र प्रदेशबाट छानिने केन्द्रीय सदस्यका लागि तयार पारिएको छ।

कान्तिपुर दैनिकमा समाचार छ – अपरान्ह ४ बजेसम्म मतदान सक्न सभागृह भित्र १ सय २५ वटा गोप्य मतदान बुथ बनाइएको घिमिरेले जानकारी दिए।
-

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts