Saturday, March 5, 2016

काँग्रेस महाधिवेशनमा निशुल्क दाह्री-कपाल काट्ने तछाड-मछाड

काठमाडौं,फागुन २३ । भृकुटीमण्डप बाहिरको प्रदर्शनीमार्ग उम्मेदवारका पर्चा र पम्प्पेटले भरिएका छन् । प्रचारशैली खर्चिलो र भड्किलो छ । फ्लेक्स, ब्यानर, पर्चा, पुस्तक फाटोलगायतले प्रदर्शनीमार्ग रंगीचंगी छ । नाराबाजी र नाचगानसहित प्रदर्शनीमार्गलाई संगीतमय बनाएका छन् ।  महाधिवदेशनस्थल भृकुटीमण्डपमा नेपाल नाई संघले प्रतिनिधिका लागि निः शुल्क कपाल र दाह्री काट्ने सुविधा दिएको छ । त्यहाँ ९६७ प्रतिनिधिले कपाल र दाह्री काटेका छन् ।

निः शुल्क सेवाको फाइदा केन्द्रीय सदस्यदेखि प्रतिनिधिसम्मले लिएका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा लगायतले कपाल काट्ने स्थलको अवलोकन गरेर पशंसा गरेको नाइसंघका अध्यक्ष राजाराम ठाकुरले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ – केन्द्रीय सदस्य शेखर कोइरालालले दाह्री र डा .प्रकाशशरण महतले कपाल काटेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts