Friday, March 25, 2016

ब्रसेल्स आक्रमणमा सबै नेपाली सुरक्षित

काठमाडौँ: बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र अन्य ठाउँमा गत मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा कुनै पनि नेपाली हताहत नभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
आज विज्ञप्ति जारी गरी दूतावासले बम विष्फोटका समयमा घटनास्थलमा रहेका केही नेपालीलाई सुरक्षित स्थानमा पुर्याइएको जनाएको छ ।
 उक्त घटनामा मृत्यु तथा घाइते भएकोहरुको सूचीमा अहिलेसम्म कुनै नेपालीको नाम समावेश नभएको जनाएको छ ।
उक्त घटनामा कुनै नेपाली प्रभावित भएको जानकारी प्राप्त भएमा वा घटनाबाट प्रभावित कुनै नेपाली नागरिक भए यथाशीघ्र दूतावासमा सम्पर्क गर्न दूतावासले आह्वान गरेको छ ।
Source : रासस

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts