राजु लामिछाने, रुकुम । निरन्तरको प्रयास पछि पश्चिम
रुकुमको चौरजहारीमा भेरी नदिबाट पानी निकालिएको छ ।
चौरजहारी अस्पतालले भेरी नदिको पानी मोटर मार्फत
अस्पताल परिसरमा तानेको हो। चौरजहारी अस्पतालमा
खानेपानीको चरम अभाव पर्न थालेपछि पम्प मार्फत
अस्पतालमा पानी आपुर्ति गरीएको चौरजहारी अस्पतालले
जनाएको छ ।
नदिवाट १ सय ७० मिटरको उचाईमा रहेको अस्पताल परिसरमा
पानी आपुर्ती गरीएको हो । भेरी नदिको पानी पम्प गर्नको
लागी ईटालियन कम्पनिको ११ हर्जको वाटर पम्प प्रयोग
गरीएको अस्पतालका प्राविधिक अमृत नेपालीले जानकारी
दिनुभयो । भेरी नदिमा वाटर पम्प डुवाएर जेनेरेटरको सहायताले
पानी पम्प गरीएको हो ।
अस्पतालको निरन्तरताको प्रयासपछि पानी तानिएपछि
चौरजहारीबासीमा खुशियाली छाएको छ । अस्पताल
प्रशासक डिल बहादुर गोसाँईका अनुसार हाललाई अस्पताल
आसपासका स्थानीयलाई समेत पानीको उपयोग गर्ने व्यबस्था
मिलाईने छ ।
रुकुमको ब्यापारीक स्थान चौरजहारीमा बर्षौदेखि
पानीको अभाव हुने गरेको छ । स्वच्छ पीउने पानी तथा
सिचाई गर्ने पानीको समेत अभाव हुँदा पर्याप्त सम्भावना
बोकेको चौरजहारी शहर विकासको मार्गबाट पछाडि पर्ने
गरेको छ । सानो उपत्यकाको रुपमा रहेको चौरजहारी
जाजरकोट, रुकुम, सल्यान र डोल्पा जिल्लाको ब्यापारी
केन्द्रको रुपमा परिचित छ । उद्योग बाणिज्य संघ
चौरजहारीका अध्यक्ष तेजबहादुर बिष्टले बिद्युत र पानीको
अभावले चौरजहारीको पर्याप्त विकास हुन नसकेको
बताउनुभयो ।
बगेर खेर गईरहेको भेरी नदिको पानीलाई सोलर पम्पिङ
प्रबिधी मार्फत बैकल्पिक खानेपानिको रुपमा र लिफ्टिङ
सिन्चाइ प्रबिधी मार्फत बैकल्पिक सिन्चाइको रुपमा प्रयोग
गर्न सकिने सम्भाबनालाई यसले बढाएको स्थानीय युवा
ज्ञानु बुढाथोकिले बताउनुभयो ।
Thursday, March 24, 2016
भेरीबाट उक्लियो चौरजहारीमा पानी
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment