Sunday, March 6, 2016

कांग्रेस सभापतिकाे लागि दोस्राे चरणको मतदान २ बजेदेखि

काठमाडौं,फागुन २४ । नेपाली कांग्रेसको नयाँ सभापति चुन्नका लागि दास्रो चरणको मतदान सोमबार अपरान्ह २बजेदेखि ५ बजेसम्म हुने भएको छ। निर्वाचन समितिको निर्णय अनुसार, पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो स्थानमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच सभापति पदका लागि दोस्रो चरणको निर्वाचन राष्ट्रिय सभागृहमा हुने छ।

कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको प्रहिलो चरणको प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले पार्टी विधान अनुसार खसेका कुल मतको बहुमत प्राप्त गर्न नसकेपछि देउवा र पौडेलबीच निर्वाचन हुन लागेको हो। आइतबार भएको मतदानमा देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ मत ल्याएका थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts