Thursday, March 17, 2016

युनाइटेड किरात राई अर्गनाइजेशन न्यूयोर्क

 मार्च १२ का दिन न्युयोर्कमा सम्पन्न साधारणसभाले केशव राम राईको अध्यक्षतामा नयाँ कार्यसमितको चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा बल राई उपाध्यक्षमा सुश्री सपना राई, महासचिवमा श्रीमती दुर्गा राई, सचिवमा विबेक राई, कोषाध्यक्षमा मदन राई, सहकोषाध्यक्षमा रुद्र राई रहेका छन भने सदस्यहरुमा सुख राई (टेक्निकल) विपिन राई, मन्जु राई, र विकास राई (सांस्कृतिक विभाग) सौरभ राई (युवा संयोजक), रहेका छन भने सदस्यहरुमा सजिना राई, अन्जु राई, इन्दिरा राई, निता राई र नर कुमार राई रहेका छन् । त्यसैगरी नविन राई, मदन राई र सुख राईलाई संस्थाको केन्द्रीय प्रतिनिधिमा चयन गरिएको छ । डा=.चक्र राईद्धारा उद्घाटन गरिएको उक्त साधारणसभामा अर्गनाइजेशनका केन्द्रीय अध्यक्ष प्रभाकर राईले साधारणसभाको औचित्यबारे प्रकाश पार्नु भएको थियो । त्यस्तै निर्वतमान कोषाध्यक्ष विवेक राईले संस्थाको आर्थिक प्रतिबेदन तथा गतिबिधि र निर्वतमान सभापति नविनकला राईले संस्थाको कार्यप्रगति र भावि योजनाका बारेमा आफ्ना भनाइ राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष केशव राम राईले किरात राइहरुको मौलिक संस्कृतिको संरक्षण र संबद्र्धन गर्दै संस्थालाई अझ फराकिलो बनाएर न्यूयोर्कमा रहेका अन्य नेपाली संघ संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भएको 0020 उक्त साधारणसभाको संयोजन निर्वाचन प्रमुख तथा कार्यक्रम संयोजक Ukroa new York च्याप्टरको पूर्व अध्यक्ष हेम राइले गर्नु भएको थियो ।
दिपेश किशोर भट्टराईको स्वर र संगित तथा भुपेन्द्र महतको शब्दमा बनेको तिमी जहाँ खुशी त्यही बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पासाङ योन्जन लामाको सोचमा सुजाता बिष्ट र सोनाम प्राखिनको जिबन्त अभिनय रहेको उक्त गीत दिपेश र भुपेन्द्र एकल अल्बुम मनोभाब बाट लिएको हो । अमृत सुनुवारको छाँयान्कनमा निशान धिमिरेको सम्पादन रहेको उक्त म्युजिक भिडिओ आज मार्च १५ मा दर्शक स्रोता माझ पहिलो चोटि सार्वजनिक गरिएको छ । काजिन कार्कीको साहायक निर्देशन तथा सिमा गुरुङको साजसज्जामा त्याग र समर्पणको भाब बोकेको उक्त गीतको निर्देशन पासाङ योन्जन लामाको निर्देशनमा बनेको हो। मोहित मुनालको संगित समायोजन रहेको उक्त म्युजिक भिडियोमा लिपसिङको लागि बि आर टि. का शैलेश पोखरेल र दीपेन्द्र श्रेष्ठको समेत सहयोग रहेको छ ।
ttps://www.youtube.com/watch?v=kSq22jt4lOs

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts