सर्लाही,चैत ६ । नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादी पार्टीका मधेशमा नाम लिनु अपराध रहेको सद्भावना अध्यक्ष राजेन्द्र महतोले बताउनुभएको छ । ‘मधेशी जनतासंग यी पार्टीहरुले गरेको व्यवहारले मधेशमा काँग्रेस, एमाले र एमाओवादीको नाम लिनु अपराध हो ।’– महतोले भन्नुभयो । ६ महिना सम्म चलेको मधेश आन्दोलनमा आफ्ना अधिकारका लागि मधेश जनता सडकमा आउँदा यी पार्टीहरुले टाउँको तथा छातीमा गोली हान्ने काम गरेकाले आज यो कुराले दुनियाँ चकित भएको उहाँको तर्क थियो ।
चैत १ गते देखि नै आफ्नो गृह जिल्ला सर्लाहीमा पार्टी सुदृढिकरण तथा जनजागरणमा लाग्नु भएको महतोले आज बिहान सदरमुकाम मलंगवामा पार्टीको भातृ संगठन युवा मंचका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
मधेश विरोधी पार्टीमा रहेका मधेशीहरु आज गुलाम बनेर लम्पसार भएर बसेको उहाँले आरोप लगाउनुभयो । संविधान सभाको चुनावमा म पनि मधेशी हु र जातपातलाई प्रलोभन देखाई ती गुलामहरुले सर्वाधिक मत लिएर गएको तर संविधान बनाउने समयमा आफ्नो प्रभु अगाडी लम्पसार भएको र आफ्नो अधिकारका लागि सडकमा उत्रेका मधेशी जनता माथि गोली हान्ने काम भएको समयमा झन सघाएको समेत आरोप लगाउनुभयो । उहाँले आफ्नो युवा संगठनलाई पार्टी सुदृढिकरणमा लाग्न निर्देशन पनि दिनुभएको छ ।
Saturday, March 19, 2016
काँग्रेस, एमाले र एमाओवादी पार्टीका नाम मधेशमा लिनु अपराध हो- अध्यक्ष महतो
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment