Friday, March 18, 2016

अनौठो गाउँ, जहाँ केवल महिलाहरु मात्र होली खेल्छन्

रंगहरुको पर्व होली नेपाल तथा छिमेकी भारतमा पनि धुमधामसँग मनाइने पर्व हो । होलीमा के महिला, के पुरुष, के बच्चा, के बुढा सबै लिंग तथा उमेर र समुदायका मानिसहरु आपसमा रंग तथा पानी हानेर रमाइलो गर्छन् । तर भारतको उत्तर प्रदेशमा एउटा यस्तो गाउँ छ जहाँ केवल महिलाहरु मात्र होली खेल्दछन् र पुरुषहरुले होलीको रंग लगाउँदैनन् ।

 

उत्तर प्रदेशको हमीरपुरस्थित कुन्डरा गाउँमा पुरुषहरु होली खेल्दैनन्, केवल महिलाहरु मात्र खेल्दछन् । महिलाहरु मात्र होली खेल्ने परम्परा उक्त गाउँमा वर्षौँ देखि चलिरहेको छ ।

होलीको दिन उक्त गाउँका पुरुषहरु कि त गाउँ बाहिर जान्छन् कि त घरभित्रै थुनिएर बस्दछन् । गाउँका महिलाहरु स्थानीय रामजानकी मन्दिरमा जम्मा भएर फागु गीत गाएर आपसमा रंग लगाएर धुमधाम सँग होली खेल्दछन् ।

यसरी महिलाहरु मात्र होली खेल्नुको एउटा कारण छ । उक्त गाउँमा धेरै वर्ष पहिले होलीकै दिन डाँकुहरुले हमला गरेर केही मानिसको हत्या गरेका रहेछन् । उक्त हत्याकाण्डपछि गाउँमा होली मनाउन छाडिएको थियो । तर विस्तारै त्यहाँका महिलाहरुले होली मनाउन बन्देज लगाइएको उक्त नियमको विरोध सुरु गरे । महिलाहरुले होली खेल्नुपर्छ भनेर आ- आफ्ना लोग्नेहरुलाई सम्झाउन थाले । पुरुषहरु मान्नेवाला थिएनन् । त्यसपछि महिलाहरुले विद्रोह गरे र होलीको दिन स्थानीय मन्दिरमा जम्मा भएर होली खेल्ने फैसला गरे ।

त्यसयता हरेक वर्ष उक्त गाउँमा केवल महिलाहरु मात्र होली खेल्ने गरेका छन् । केवल महिलाहरु मात्र होली खेल्ने भएपछि त्यहाँ महिलाहरु निकै स्वच्छन्द पारेर यौनका कुराहरु पनि गर्दछन् र महिलाहरु खुल्ला पहिरनमा हुन्छन् । आफ्ना श्रीमती, छोरी चेलीहरु स्वतन्त्रतापूर्वक होली खेल्न सकुन् भनेर पुरुषहरु प्राय होलीको दिन बिहानै गाउँ छाड्छन् र गाउँमै बस्नुपरे पनि घर बाहिर निस्किँदैनन् ।

 Source: onlinekhabar.com

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts