Wednesday, March 2, 2016

सुजाताद्वारा सभापतिमा उम्मेद्वारी घोषणा

काठमाडौं,फागुन १९ । नेपाली कांग्रसकी नेतृ सुजाता कोइरालाले आशन्न महाधिवशेनका लागि सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन्। मण्डिखाटारस्थित आफ्नै निवासमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी  पार्टी सभापति पदका लागि उम्मेद्वारी घोषणा गरेकी हुन् । पार्टीले महिलालाई अपमान गरेको भन्दै अब महिला नेतृत्वले पार्टी हाँक्न र बीपी र जीपीको लाइन जोगाउन आफुले उम्मेद्वारी दिएको बताईनन् । उनले आफ्नो उम्मेद्वारी कुनै पनि हालतमा फिर्ता नहुने भन्दै आफू ब्याक नहुने तर अरूनै ब्याक हुनुपर्ने बताइन्। उनीसंगै नेपाली काँग्रेसमा सभापतिको आकांक्षीहरु चार जना देखिएका छन । संस्थापन पक्षबाट बर्तमान उपसभापति रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि आजै उम्मेदरवारी घोषणा गर्ने तयारीमा छन् भने शेरबहादुर देउवापक्षले प्यालनसहित भोलि उम्मेद्वारी घोषणा गर्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts