Wednesday, March 2, 2016

सिटौलाको समूह घोषणा: महामन्त्री गगन थापा, कोषाध्यक्ष उमाकान्त चौधरी

काठमाडौं,फागुन १९ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले १३ औं महाविधेशनमा सभापतिसहित आफ्नो प्यानलको घोषणा गरेका छन् । बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्डमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी उनले आफ्नो टिमको घोषणा गरेका हुन् । सिटौलाको टीमबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी रहेका छन् ।

महामन्त्रीमा सिटौला प्यानलबाट महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा भएपछि ज्वाईँ ससुराको भिडन्त हुने निश्चित भएको छ । देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार घोषणा गरिएका अर्जुननरसिंह केसी थापाको ससुरा हुन् । त्यस्तै संस्थापन पक्षबाटै रामचन्द्र पौडेलले पनि आजै साँझ पार्टी केन्द्रीय कार्यालय सानेपाबाट उम्मेद्वारी घोषणा गर्दैछन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts