Friday, March 18, 2016

कीर्तिमानी लक्ष्य पछ्याएको इंग्ल्याण्डको रोमाञ्चक जित

एजेन्सी,चैत ६ ।  टी २० विश्व कपको रोमाञ्चक भिडन्तमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाकालाई २ विकेटले हराएको छ । दक्षिण अफ्रिकाकाले दिएको २३० रनको लक्ष्यलाई इंङ्ग्ल्यान्डले ८ विकेट गुमाउँदै २ बल पहिले नै भेट्टाएको हो । टी २० विश्व कपमालक्ष्य हासिल गरिएको यो सबैभन्दा ठूलो रेकर्ड हो ।

सुपर टेनको समूह ‘एक’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको दुई ३० रनको लक्ष्य इंग्ल्याण्डले दुई बल बाँकी हुँदा ८ किवेट गुमाएर भेट्टायो । इंग्ल्याण्डका जोए रुटले ४४ बलमा ८३ तथा ज्यासन रोयले १६ बलमा ४३ रन बनाए । दक्षिण अफ्रिकाका कायल एबोटले तीन तथा कागिसो राबाडाले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै २० ओभरमा चार विकेट गुमाएर दुई सय २९ रन बनाएको थियो । उसका लागि हाशिम अमलाले ३१ बलमा ५८, जेपी डुमिनिले २८ बलमा नटआउट ५४ तथा क्विन्टन डी ककले २४ बलमा ५२ रन बनाए । इंग्ल्याण्डका मोइन अलीले दुई विकेट लिए ।

इङ्ग्ल्यान्डको यो जीत टी२० क्रिकेट विश्व कपको इतिहासमा लक्ष्यको पिछा गर्दै सबैभन्दा ठूलो र टी २० क्रिकेटको दोस्रो ठूलो जीत हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts