काठमाडौं,चैत ६ । प्रधानमन्त्री केपी ओलीसँग चीन भ्रमणमा जाने उद्योगी-व्यवसायीसँग सरकारले पैसा मागेको छ । प्रधानमन्त्रीको भ्रमणका लागि तय गरिएको चार्टड विमानको टिकटस्वरुप उनीहरुसँग तीन लाख रुपैयाँ मागिएको आजको नयाँ पत्रिकामा समाचार छ ।
परराष्ट्रमन्त्रालयबाट शुक्रबार टेलिफोन गरेर विमान चार्टडका लागि रकम डिपोजिट गर्न भनिएको एक व्यवसायीले बताए । ‘भ्रमण दलका परेकोमा खुसी लागेको थियो । तर, सरकारी निकायबाट रकम डिपोजिट गर्न भन्दै फोन आएपछि छक्क पर्यौं,’ ती व्यवसायीले भने, ‘हामी पैसा तिर्न तयार छौं’ । तर, परराष्ट्र मन्त्रालयले नै माग्नु उचित देखिएन ।’ हिमालय एयरलाइन्सले भित्र्याएको नयाँ जहाजबाट ओली आइतबार बेइजिङ जाँदै छन् । भ्रमण टोलीमा निजी क्षेत्रबाट ३२ जना उद्योगी-व्यवसायी सहभागी हुँदै छन् ।
Friday, March 18, 2016
प्रधानमन्त्रीसँग चीन जाने उद्योगीसँग सरकारले माग्यो तीन लाख
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment