Monday, March 28, 2016

पोशाक नलगाउने कर्मचारीलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं,चैत १६ । पोशाक भत्ता लिएर पोशाक नलगाउने कर्मचारीलाई मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाउन थालिएको छ । सरकारले कर्मचारीका लागि तोकेको ड्रेसकोड नलगाइ कार्यालय आउन थालेपछि सामान्य प्रशासन मन्त्रालयले पोशाक अनिवार्य गर्न कडाइ गरेको गोरखापत्र दैनिकमा समाचार छ।
सामान्य प्रशासन मन्त्रालयले सुरुमा सवै मन्त्रालयलाई मातहतका कार्यालयमा ड्रेस लगाए नलगाएको अनुगमन गर्न र आवश्यक कारबाही गर्न परिपत्र गरेको थियो। तर उक्त परिपत्रको कार्यान्वयन प्रभावकारी नदेखिएपछि सामान्य प्रशासन मन्त्रालय स्वयंले ड्रेस नलगाउने कर्मचारीलाई सिंहदरबार प्रवेशद्वारमै रोक्न सुरक्षा निकायलाई निर्देशन दिएपछि तोकिएको पोशाक नलगाइ सिंहदरबार छिर्न नपाइने भएको हो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts