Monday, March 28, 2016

सडकमा दिउँसै कपडा खोलेर युवतीहरु सुतेपछी… (फोटोसहित)

एजेन्सी । स्पेनको सडकमा दजनौं युवतीहरु कपडा खोलेर दिउँसै सुतेका छन् । कपडा खोलेर सुत्नेहरुमा पुरुषहरुपनि सहभागी छन् । उनीहरुले विरोधको नयाँ शैली अपनाएका हुन् । उनीहरुले स्पेनमा चल्ने ‘बुलफाइट’ साँडे जुधाई खेलको विरोध गर्दै यस्तो प्रर्दशनको विधि अपनाएका हुन् । उनीहरुले उक्त खेलबाट निर्दोष पशुमाथि अत्याचार भएकोे ठहर गरेका छन् । पशु अधिकारका निमित्व उनीहरुले यस्तो कदम चालेका हुन् ।

उनीहरुले पशुले पाएको पीडाको झल्को दिने गरेर अनुहार र जिउमा रगत स्वरुप रातो रंग लगाएका छन् । स्पेनको परम्परागत खेल मध्ये बुलफाइट एक मानिन्छ । तर प्रत्येक वर्ष यो खेलको बारेमा तिव्र विवाद हुने गरेको छ । विरोधका बाबजुत पनि पशुहरुको खुनी खेल हेर्ने मान्छेको भने कमि स्पेनमा हुदैन । यसमा मानिसहरु रमाइलो मानी मानी हेर्ने गर्छन् । यो खेल हेर्न स्पेनमा २३ हजार जनासम्मले टिकट काटेर हेर्ने गर्छन् ।

यसै खेलको विरोध स्वरुप पशुअधिकारकर्मीहरुले सडकमा अर्धनग्न भएर यस्तो खेलको अन्त्यको माग गर्दै प्रर्दशन गरेको समाचारमा उल्लेख छ ।

spain-road-7

spain-road-1

spain-road-2

spain-road-3

spain-road-4

spain-road-5

spain-road-5-1
-खबर डवली

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts