Friday, March 18, 2016

पुनर्निर्माण प्राधिकरणमा २६ सयलाई नयाँ जागिर

काठमाडौं,चैत ५ ।  वैशाखको भूकम्पपछि क्षतिग्रस्त पूर्वाधार बनाउन गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्राविधिकहरुका लागि ठूलो संख्यामा जागिर खुलेको छ । सहरी तथा भवन निर्माण विभागले शुक्रबार राष्ट्रिय दैनिक पत्रिकाहरुमा सार्वजनिक सूचना निकालेर एकसाथ करिब २६ सय प्राविधिकहरुका लागि जागिर खुलाएको हो ।

विभागले प्राधिकरणका लागि शुक्रबार खुलाएको विज्ञापनमा १३ जना ईन्जिनियर, पाँच सय ७९ जना सब-ईन्जिनियर र पाँच सय ७५ जना एसिस्टेन्ट सब-ईन्जिनियारको अस्थायी दरबन्दीका लागि आवेदन खुलाएको हो । विभागले यी प्राविधिकहरुले भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लाको पूर्वाधारहरुको पुनर्निर्माणको अनुगमन गर्ने जिम्मेवारी पाउने भएका छन् ।

भूकम्पबाट क्षतिग्रस्त पूर्वाधारहरुको पुनर्निर्माणका लागि गाउँस्तरमा खटिने कालिगढहरुलाई सीप सिकाउनेदेखि घरहरुको पुनर्निर्माणलाई भूकम्पप्रतिरोधी बनाउन पनि उनीहरु सक्रिय हुने बताइएको छ ।
विभागले पुनर्निर्माण प्राधिकरणमा जागिर खान चहाने योग्यता पुगेका उम्मेद्वारहरुले १५ दिनभित्र अनलाइनबाटै आवेदन दिन भनेको छ।

विभागले नियकुक्त हुने प्राविधिकहरुले सरकारी स्केल अनुसार तलब पाउने जनाएको छ ।
नियुक्त हुने प्राविधिकहरुले सरकारले दिने अनुदानबाट बन्ने निजी भवनको प्राविधिक जाँच र प्रमाणीकरणको काम गर्नेछन् ।

ती प्राविधिकहरुले घर बनाउन सरकारबाट अनुदान लिने व्यक्तिको घरका नक्सा स्वीकृत गर्ने, प्रमाणीकण र रकम लिनका लागि सरकारलाई सिफारिस पनि गर्ने अधिकार पाउनेछन् । इन्जिनियर पदका लागि सिभिल इन्जिनियरिङ वा आर्किटेक्चरमा कम्तीमा स्नातक सकेर नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको हुनुपर्ने विभागले जनाएको छ।

सब-ईन्नियरका लागि सिभिल इन्जिनियरिङ या आर्किटेक्चरमा स्नातक वा प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको हुनुपर्नेछ। असिस्टेन्ट सब-इन्जिनियरका लागि प्राविधिक शिक्षालयबाट एसएलसी कोर्ससरह उतीर्ण गरेको हुनुपर्ने बताइएको छ। जागिर खानका लागि लिखित परिक्षा दिनुपर्ने छैन, मौखिक अन्तर्वातार्ता दिएमात्रै पुग्ने विभागको भनाइ छ ।
– annapurnapost.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts