काठमाडौं,चैत ५ । नेपाली कांग्रेसले संसदीय दलका नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले रमेश रिजाल, सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे सदस्य रहेको निर्वाचन समिति गठन गरेको गरेको हो ।
तेह्रौं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेके थियो । यो समितिले निर्वाचन हुने मिति तोक्नेछ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलासहितको नाम चर्चामा छ ।
No comments:
Post a Comment