Saturday, March 12, 2016

चुनाव हारेका सिटौला र थापाको अनुपम पार्टी प्यालेसमा जेरी भोज

काठमाडौं,फागुन २९ ।  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्यानलले महाधिवेशनमा आफ्नो पक्षमा मतदान गरेका प्रतिनिधिहरुलाई जेरी खुवाएर धन्यवाद दिएको छ। सिटौला प्यानलले उम्मेद्वारी घोषणा गरेकै काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा महाधिवेशन प्रतिनिधिहरुलाई बोलाएर मत दिएकामा जेरी, पकौडा, स्यान्डविच र केरा खुवाएर धन्यवाद दिएको हो।

महाधिवेशनमा सिटौलाले ३ सय २४ तथा उनको प्यानलका महामन्त्रीका उम्मेद्वार गगन थापाले ५ सय ८४ र कोषाध्यक्षका उम्मेद्वार उमाकान्त चौधरीले ४ सय ५७ मत ल्याएका थिए।

शनिबारको भेलामा उम्मेद्वारी घोषणा गर्दाको दिनको जस्तो भिड भने थिएन । बरु रामचन्द्र पौडेलको प्यानलबाट खुला केन्द्रीय सदस्यको उम्मेद्वार बनेका प्रा.डा.गोविन्दराज पोखरेल, दाङका सांसद् राजु खनाल, काठमाडौ काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोल लगायतका नेता भेलामा सहभागी थिए।

सहभागीहरुलाई सिटौला र गगन थापाले जित हात पार्न नसकेपनि महाधिवेशनबाट प्राप्त मतबाट आफूहरु उत्साही रहेको बताए। उनीहरुले पार्टीमा परम्परागत गुट कायम रहेको अवस्थामा पनि महाधिवेशन प्रतिनिधिहरुले विश्वास गरेर आफूहरुलाई सम्मानजनक मत दिएको भन्दै धन्यवाद दिए। सिटौला र थापाले हारका वाबजुद् पनि आफूहरु अब पार्टी गतिविधिमा थप सक्रिय भएर लाग्ने बताए।

सिटौलाको उम्मेद्वारीका कारण नेपाली काँग्रेसमा सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो । सिटौलाले पहिलो चरणबाट नतिजा नआएपछि शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आफूकहाँ आएर निर्वाचनमा सहयोग गरे रोजेको पद् दिने आश्वासन दिएको तर आफूले पार्टीको एकता र रुपान्तरणमा जोड दिएको बताए ।
-सेतोपाटी

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts