Wednesday, March 30, 2016

अनमोलको जन्मदिनमा ‘गाजलु’को फस्टलुक

थोरै फिल्म खेलेर सफलता पाइरहेका अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘गाजलु’को फस्टलुक सार्वजनिक गरिएको छ । उनको जन्मदिनको अवसर पारेर आज फिल्मको पोस्टर बाहिर ल्याइएको हो ।

अनमोलको पहिलो फिल्म ‘होस्टल’का निर्देशक हेमराज बिसीले निर्देशन गरेको यो फिल्ममा अनमोलको जोडीका रुपमा मिस नेपाल सृष्टि श्रेष्ठ देखिदैछिन् । फिल्ममा सलोन बस्नेत, गौरव पहारी तथा मेनुका प्रधान पनि मुख्य भूमिकामा छन् । फिल्म जेठमा प्रदर्शनमा आउने बताइएको छ ।

अनमोलले यसअघि अभिनय गरेका होस्टल, जेरी र ड्रिम्स तीनवटै फिल्म सुपरहिट छन् । यसकारण पनि यो फिल्मले गतिलो व्यापार गर्ने अनुमान गरिएको छ ।

Source: ekantipur.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts