Wednesday, March 30, 2016

बहिरा विद्यालयलाई २० लाख सहयोग

भीमेश्वर बहिरा प्राविमा एक परिवारले २० लाख लागतको महिला छात्राबास निर्माण सुरु गरेका छन् ।

दोलखाको एकमात्र बहिरा अध्ययन गर्ने विद्यालयको अवस्था नाजुक देखेपछि पर्वत ठानामौला गाविसका देउबहादुर गुरुङले छात्राबास निर्माण सुरु गरेका हुन् । कास्कीकी समाजसेवी सरिता गुरुङको पहलमा सुरु गरेको निर्माण अभियानमा देउबहादुरका छोरा इच्छामान गुरुङ र बुहारी कञ्चन गुरुङको सहयोग रहेको छ ।

बेलायती सेनाका निबृत्त क्याप्टेन गुरुङले बहिरा विद्यार्थीका लागि ५ कोठे छात्राबास भवन बनाउन छोराबुहारीको साथ लिएको बताए । भवन शिलान्यास कार्यक्रममा फेसबुक अभियानमार्फत सहयोग जुटाउदै सहयोग गर्ने अभियानकर्ता सरिता गुरुङले बहिरा स्कुलको अन्य कार्यमा पनि सहयोग जुटाउन कोशिस गर्ने बताइन् । बिद्यालयका संस्थापक सरुना श्रेष्ठ र व्यवस्थापन समिति अध्यक्ष रमेश लामाले प्राप्त सहयोगलाई सदुपयोग गर्दै व्यवस्थित छात्राबास बनाउने प्रतिवद्धता गरे ।

 

Source : ekantipur.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts