Friday, March 18, 2016

मधेश समस्या समाधान भन्दै काँग्रेस बार्ताको नाममा सरकार बिरुद्ध मोर्चा बनाउँदै

काठमाडौं,चैत ६ ।  प्रमुख विपक्षी एवं संसदको ठूलो दल नेपाली कांग्रेसले मधेस समस्या समाधान गरी संविधान कार्यान्वयनका गर्न आफ्नो पार्टीको नेतृत्वमा राजनीतिक पहलकदमी सुरु गर्ने भएको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले मधेसको असन्तुष्टि सम्बोधन गरी संविधान कार्यान्वयन गर्न मधेसीसहित सवै दलसित वार्ता सुरु गर्ने निर्णय गरेको हो। कान्तिपुर दैनिकमा समाचार छ।

संविधानसभाबाट जारी संविधानप्रति असन्तुष्ट दल र समुदायको माग सम्बोधन नगरी स्थानीय निकाय, प्रदेश संसद र केन्द्रीय संसदको चुनाव गरी संविधान कार्यान्वयन गर्न नसकिने निष्कर्ष निकाल्दै कांग्रेस बैठकले नयाँ राजनीतिक समझदारी कायम गर्ने निर्णय गरेको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts