Sunday, March 13, 2016

उपप्रधानमन्त्री गच्छदार प्रधानमन्त्रीसँग असन्तुष्ट

काठमाडौं,चैत १ । सर्वोच्च अदालतको न्यायाधीश नियक्ति प्रकरणमा न्याय परिषद्को अडानबाट न्यायपालिकाको दलीयकरण हुने भन्दै सभामुख ओनसरी घर्ती मगरले दिएको सुझावलाई सकारात्मक रुपमा लिन उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।

अपूरो न्याय परिषद्ले तयार गरेको सूचीप्रति गम्भीर आपत्ति प्रकट गर्दै सरकारले त्यसलाई अनुमोदन गरेमा त्यसबाट राजनीतिक संकट आउने भन्दै अप्रत्यक्ष रुपमा सरकारमा आफ्नो निरन्तरताबारे समेत पुनर्विचार गर्ने चेतावनी गच्छदारले दिएका छन् । शनिबार मध्यरातिसम्म आफ्नो निवासमा रहेका ओलीलाई गच्छदारले भनेका थिए – न्याय परिषद्को सिफारिसमा न्यायाधीश नियुक्तिसम्बन्धमा सभामुखले जेजस्तो स्टेप चाल्नुभयो,त्यो ठीक बेठीकभन्दा पनि सुनुवाई समिति नै नभएको अवस्थामा सिफारिस पठाउनु गलत भयो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts