सल्यान, चैत १६ । सल्यानमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । एक साता अघि कालागाउँ गाविस–८ झारकाडाकी ९ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बालिकाको भिनाजु नाता पर्ने २२ वर्षका एक पुरुष पक्राउ परेका छन् ।
बालिकाको रगत बगेको र घाँटीमा निलडाम देखिएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खड्काले बताए। उनका अनुसार बालिकाको शव स्थानीय बासिन्दाले आइतबार फेला पारेर प्रहरीलाई खबर गरेपछि घटनाको बारेमा थाहा भएको हो । कालागाउँमा ससुराली गएका ती पुरुषले घरमा कोही नभएको बेला बालिकालाई घर नजिकै लगेर बलात्कारपछि हत्या गरेको प्रहरीले बताएको छ । स्थानीय सरस्वती प्राविमा कक्षा ३ मा अध्ययनरत बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । बलात्कारका आरोपितलाई भने जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताए । -
Monday, March 28, 2016
बलात्कारपछि बालिकाको हत्या, भिनाजु पक्राउ
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment