Sunday, March 20, 2016

ओलीले किन सञ्चालनमै नआएको विमान चार्टर गरे ? यस्तो रहेछ कारण

काठमाडौं,चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार जम्बो टोली लिएर चीन प्रस्थान गरेका छन् । ओलीले जम्बो टोली लिएर चीन गएको भन्दा पनि उनको टोली चीन जाँदा चढेको विमानको अहिले ठूलो चर्चा छ । ओलीले किन सञ्चालनमै नआएको विमान चार्टर गरे ? प्रधानमन्त्रीजस्तो व्यक्तिले यस्तो काम गर्न मिल्छ भन्ने प्रश्न अहिले उठेको छ । सञ्चालनमै नआएको विमान चार्टर गरेको कुरालाई कसैले पनि समर्जन गर्न नसके पनि नेपाल वायुसेवा निगमको व्यवहारबाट प्रधानमन्त्री ओली यसअघि नै अपमानित र असुरक्षित भएको कारण उनले अहिले बाध्य भएर हिमालय एयरलाइन्स रोज्नुपरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आजको आर्थिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts