काठमाडौं,चैत ७ । प्रधानमन्त्री केपी ओलीले नेतृत्वमा चीन भ्रमणमा गएको जम्बो टोलीको हवाई भाडा हिमालय एयरलाइन्सले बेहोर्ने भएको छ । निजी क्षेत्रको विमान प्रयोग गरेको भन्दै विवाद भैरहेको बेला जहाज प्रयोग गर्न दिएको हिमालय एयरलाइन्सले सबै उडान खर्च आफैं बेहोर्ने घोषणा गरेको हो । काठमाडौंबाट सिधै बेइजिङ गएपछि हिमालयको जहाजलाई प्रधानमन्त्री ओलीको टोलीले त्यहाँबाट विभिन्न गन्तव्य लैजाने उडान तालिका रहेको छ।
निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले १२ दिनअघि काठमाडौं ल्याएको ‘ए३२०–२१४ु सिरिजको १ सय ५८ सिट क्षमतायुक्त उक्त जहाज आठ दिनका लागि ‘स्पेसल चार्टरु गरी प्रधानमन्त्री ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा चीनको राजधानी बेइजिङ गएका छन्।
विमानमा प्रधानमन्त्री ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, विभिन्न मन्त्रालयका उच्चअधिकारी, करिव ३ दर्जन उद्योगी व्यवसायी, चीनका राजदुत उ चुन ताई तथा उनकी धर्मपत्नी जियाङ चु आन, हिमालय एअरलाइन्सका बोर्ड अक्ष्यक्ष आङ छिरीङ शेर्पा र सञ्चारकर्मी सवार छन् ।
No comments:
Post a Comment