Monday, March 14, 2016

देश टुक्रयाउन खोज्नेसंग जम्मा २५ हजार माग !

काठमाडौं,चैत २ ।  देश टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका छ जना कार्यकर्तासँग विशेष अदालत काठमाडौंले धरौटी माग गरेको छ । जिल्ला प्राविधिक कार्यालय सुनसरी, इनरुवाका सव इञ्जिनियर भारदह १ का ३९ वर्षीय श्यामसुन्दर मण्डलसहित छ जनासँग जनही २५ हजार धरौटी माग गरिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार मण्डलसहित मधेस गठबन्धनका सप्तरी संयोजक इटहरी विष्णुपुरका  सुरेन्द्र शर्मा सुतिहार, उस्मान मियाँ, भारदहका  सुरेन्द्र मण्डल, भारदहका  बुधेश्वर मण्ड र  भोगेन्द्र भनिने नागेश्वर शर्मासँग धरौटी माँग गरिएको हो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ – न्यायाधीशद्वय भुपेन्द्र प्रसाद शिवाकोटी र नरेन्द्र राईको संयुक्त इजलाशपछि छ जनाले नै सोमबार जनही २५ हजार धरौटी तिरेको प्रहरी नायव निरीक्षक हरि खड्काले बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts