Monday, March 14, 2016

चीनसँग इन्धन किनबेच सम्झौता तयारी, भण्डार बनाउन १५ अर्ब मागिने

काठमाडौं,चैत २ ।  भारतको अघोषित नाकाबन्दी पछि उत्तरी छिमेकी चीनबाट इन्धन आयात गर्न चाहेको सरकारले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा बेइजिङसँग इन्धन किनबेच सम्झाैता गर्ने तयारी गरेको छ । इन्धनमा हालसम्म भारत निर्भर मुलुकले जुनसुकै देशमा जानसक्ने नीति  लिएसँगै  चीनबाट इन्धन ल्याउने सम्झौताको तयारी भइरहेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका बेला चीनसँग इन्धन खरिद बिक्री सम्झौताको प्रस्ताव लगिने वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले बताए । मुलुकमा खपत हुने एक तिहाइ हिस्सामा भारतको बिकल्प खोज्ने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्रीको भ्रमणमा इन्धनभण्डारण स्थल बनाउन पनि चीसन्ग सहयोग मागिने छ । आयल निगमले तीन ठाउँमा भण्डारण स्थल बनाउन परियोजना यस अघिनै तयार गरेको थियो ।आजको नागरिक दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts