Monday, March 21, 2016

इन्धनमा भारतको एकाधिकार कायमै

काठमाडौं,चैत ९ ।   प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा इन्धन संझौता हुन नसकेपछि पेट्रोलियम पदार्थ आयातमा भारतकै एकाधिकार कायम रहने देखिएको छ । भारतीय नाकाबन्दीपछि नेपाल र चीनका अधिकारीबीच कुल खपतको ३० प्रतिशत इन्धन चीनबाट आयात गर्नेसम्बन्धी प्रारम्भिक समझदारी भएको थियो । तर, प्रधानमन्त्रीको ओपचारिक भ्रमण सम्झौता नभएपछि चार दशक लामो भारतीय एकाधिकार कायम रहने देखिएको हो ।

पाँच महिना लामो भारतीय नाकाबन्दीबाट भर्खरै मुक्ति पाएका नेपाली नागरिकले प्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन सम्झौता हुने अपेक्षा गरेका थिए । छिमेकी दुई देशबाट इन्धन आपूर्ति हुँदा बजार सन्तुलन राख्न सहज हुने अनुमान धेरैको थियो । प्रधानमन्त्रीको भ्रमणमा इन्धन सम्झौता हुन नसकेपनि छिट्टै सम्झौता प्रक्रिया अघि बढ्ने आपूर्तिमन्नत्री गणेशमान पुनको दाबी छ । आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts