काठमाडौं उपत्यकामा सोमबार दिउँसो भीषण हावाहुरी चलेको छ ।
हुरीले काठमाडौंको आकाश कुइरिमण्डल भएको छ । आधा घण्टाभन्दा बढी निरन्तर चलेको हावाहुरीले सवारीसमेत चल्न सकेनन् । काठमाडौंको न्यूरोडलगायतका व्यापारिक क्षेत्र साँझ नपर्दै बन्द गरिएको छ ।
यसैबीच हावाहुरीले काठमाडौंमा केही सर्वसाधारण घाइते भएका छन् ।
रुख ढल्दा त्रिचन्द्र क्याम्पस अगाडि दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि बीर अस्पताल लगिएको छ । प्रहरीले दरबारमार्ग–रत्नपार्क खण्डमा ढलेको रुख हटाएको थियो ।
काठमाडौंको कोटेश्वरमा पनि एकजना घाइते भएका छन् ।
http://bit.ly/1oght7g
तस्बिरहरु: अंगद ढकाल/कान्तिपुर
No comments:
Post a Comment