Friday, March 11, 2016

नक्कली भूकम्पपीडितको संख्या बढेपछि वास्तविक भूकम्पपीडित मारमा

काठमाडौं,फागुन २९ ।  सरकारी तथ्यांकमा भदौसम्म ६ लाख ९६ हजार ७४६ परिवार भूकम्पपीडित थिए । तर माघमा सात लाख ७६ हजार ८९५ पुगेका छन् । नक्कली भूकम्पपीडितको संख्या बढेपछि वास्तविक भूकम्पपीडित मारमा परेका छन् । भूकम्प गएको ११ महिना बित्दा पनि घर बनाउन पीडितले राहत पाएका छैनन् । गृह मन्त्रालय स्रोतका अनुसार भूकम्पपीडित भनेर निवेदन दिनेको संख्या बढ्दै गएको छ । भदौयता मात्रै करिब दुई लाख भूकम्पपीडित थपिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts