Sunday, March 27, 2016

समयमै अधिवेशन गर्न सभापति देउवाको निर्देशन

काठमाडौं,चैत १४ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले  अधिवेशनको तयारीमा जुट्न भातृसंस्थाका नेताहरुलाई निर्देशन दिएका छन् । सभापति देउवालाई सम्मान गर्न बुढानिलकण्ठ पुगेका नेपाल तरुण दलका प्रतिनिधिहरुलाई समयमै अधिवेशन गर्न निर्देशन दिएका हुन् । देउवाले लामो समय प्रमुख भातृसंस्थाहरुको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरीक जीवनमा समेत असर पुग्ने उल्लेख गरे । ‘अब कुनै पनि बहानामा अधिवेशनमा ढिलाई गर्नुहुन्न’, सभापति देउवाले भने, अधिवेशन गराउन पार्टीले पुरा सहयोग गर्छ ।’

तरुण दलका अध्यक्ष एवम् सांसद उदय शमशेर राणाले विगतमा पार्टी नेतृत्वको असहयोगले अधिवेशन गर्न समस्या भएको उल्लेख गर्दै अब तरुण दल अधिवेशनमा जुटिसकेको बताए । उनले केही दिनमै दलको बैठक बोलाएर अधिवेशनमा लाग्ने जनाए । ‘पार्टीले तोकेको समयभित्रै अधिवेशन सम्पन्न गर्ने गरी हामी लाग्छ, राणाले भने, अधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्न पनि आतुर छु ।’

सभापतिमा देउवा निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले ६ महिना भित्र भातृसंस्थाहरुको अधिवेशन गर्न निर्देशन दिएको थियो । देशको पुरानो र सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीका प्रमुख भातृसंस्थाहरुको ८ बर्ष देखि अधिवेशन हुन सकेको छैन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts