Friday, March 4, 2016

अन्ततः एक हुने भए एमाओवादी र वैद्य माओवादी

काठमाडौं,फागुन २२ । एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच शीर्घ पार्टी एकता हुने भएको छ । ती दुवै पार्टीका शीर्ष नेताहरुबीच बिहीबार राति भएको बैठकमा यस्तो सहमति भएको खुलासा क्रान्तिकारीका महासचिव रामबहादुर थापा (बादल)ले गरेका छन् । दुई पार्टीको एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएअनुसार चैत पहिलो सातासम्म एकता हुने खुलासा बादलले गरे ।

पार्टी केन्द्रीय स्कुल ब्युरोले राजधानीमा आयोजना गरेको प्रशिक्षणमा सम्बोधन गर्दै बादलले भने, ‘चैत पहिलो सातासम्म दुई पार्टीबीच एकता हुन्छ । यसका लागि दुवै पार्टीको केन्द्रीय समितिको बैठक केही दिनभित्रै बस्नेछ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts