Monday, March 14, 2016

समाज सेवमा काफ्ले समाज

काठमाडौं,चैत १ । महाशिवरात्रिको अवसरमा काफ्ले समाजले फलफूल वितरण गरेको छ । फलफूल वितरण कार्यक्रममा समाजका संरक्षक, अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, केन्द्रिय पदाधिकारी एवं सदस्य, विभिन्न जिल्लाका पदाधिकारी तथा अन्य आमन्त्रित काफ्ले बन्धुहरुलगायतको सहभागिता थियो ।
समाजले पशुपति क्षेत्र भित्रको वृद्धाआश्रममा पुगि त्यहाँ रहेका २१० जना वृद्ध वृद्धाहरुलाई फलफुल वितरण गरिएको समाजका सचिव तथा प्रवक्ता नबराज काफ्लेले बताएका छन् ।

समाजले तनहुँ देवघाट धाममा रहेको ८ रोपनी क्षेत्रफलको जग्गामा वृद्धवृद्धाहरुको लागि विभिन्न व्यक्ति, संघसंस्था एवं सरकारी निकायको सहयोगमा शाण्डिल्य आश्रम निर्माण गरिरहेको र गुरुयोजना वमोजिम सो आश्रमको निर्माण कार्य सम्पन्न गर्न करोडौं लगानी गर्नुपर्ने हुँदा देश विदेशमा रहनुभएका काफ्ले वन्धुहरुलगायत विभिन्न दातृ संघसंस्थाहरुलाई सहयोगको लागि अपिल गरेको कुरा समाजका अध्यक्ष उपेन्द्रराज काफ्ले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts