चैत्र ५, २०७२- पाँचखाल ४ केराघारीमा यात्रुबाहक बस दुर्घटना हुादा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दोलखाको मेलुङबाट काठमाडौं आउादै गरेको बा.३.ख ७९३८ नम्बरको बस सडकबाट १० मिटर तल खसेको छ ।
बसमा सबार मिना गिरीका अनुसार, डाडाखर्क गाविसकी सुष्मा विकको मृत्यु भएको हो । अर्का घटनास्थलमै फलासे पोखरीका बसकाे सहचालक मुस्कान कार्की निधन भएको हो ।
प्रहरीको टोलीले घाइतेको उद्धार गरिरहेको छ । बसमा ७० यात्रु थिए । गिरीका अनुसार, विहान साढे ७ बजे छुट्नुपर्ने गाडी ८ बजे छुटेकाले तिव्र गतिमा आइरहेको थियो । बसले मोटरसाइकललाई ठक्कर दिदा चालक घाइते छन् । ३० जना घाइतेको धुलिखेल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तस्विर: नागेन्द्र अधिकारी
No comments:
Post a Comment