Monday, March 7, 2016

पौडेल र देउवा पक्षका कार्यकर्तावीच मतदान स्थलबाहिर झडप

काठमाडौं,फागुन २४ । नेपाली कांग्रेसको नयाँ सभापति चुन्नका लागि भएको मतदान स्थल बाहिर रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्षका कार्यकर्तावीच झडप भएको छ । पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो स्थानमा रहेका वरिष्ठ नेता देउवा र कार्यवाहक सभापति पौडेलबीच सभापति पदका लागि दोस्रो चरणको निर्वाचन चलिरहँदा आ–आफ्नो पक्षमा प्रचार र नाराबाजी भईरहेको बेला कार्यकर्ताबीच झडप भएको हो ।

मतदान स्थल राष्ट्रिय सभागृह बाहिर प्रचारप्रसार गरिरहेका पौडेलका कार्यकर्ताले खुम बहादुर खड्का र कृष्ण सिटौलाले पौडेललाई समर्थन गरेका छन् भन्दै प्रचार गरेपछि देउवा पक्षका कार्यकर्ता उनीहरुमाथी जाईलागेका थिए । प्रहरीले हस्तक्षेप गरी झडप नियन्त्रण गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts