Sunday, March 27, 2016

मैत्रीपूर्ण फुटवल :नेपाल मलेसियासँग बराबरीमा रोकियो

काठमाडौं,चैत १६ । नेपाल र मलेसियाबीच भएको मैत्रीपूर्ण  फुटवल खेल बराबरीमा सकिएको छ ।  पहिलो हाफमा लिएको नेपलले अन्तिम तीन मिनेट जोगाउन नसक्दा  नेपाली युवा टीमले १–१ गोलको बराबरी खेलेका छन् ।

पहिलो हाफमा आक्रमक खेलेको नेपाली टीमका लागि भरत खवासले खेलको ३६ औं मिनेट गोल गरेका थिए । दोस्रो हाफको अन्तिम १० मिनेटसम्म अग्रता कायमै राखेको नेपालले ८६ औं मिनेटमा गोल खान पुग्यो ।  मलेसियाका लागि खेलको ८६ औं मिनेटमा मोहमद अरिफ बिन महोनदले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि दुबै टीमबा गोल हुन नसकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts