Wednesday, February 17, 2016

डलर अहिलेसम्मकै महँगो

काठमाडौं,फागुन ६ । परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य एक सय नौ रुपैयाँ ७७ पैसा तोकेको छ । नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा कमजोर बन्दा नेपालमा डलरको भाउ बढेको हो ।

डलरको भाउ बढ्दा दैनिक उपभोग्य वस्तुदेखि ठुल्ठूला मेसिन औजारसमेत आयात गर्नुपर्ने नेपालका सर्वसाधारणको टाउकोमा महँगीको भारी थपिने छ । महँगीले नेपालजस्तो विपन्न मुलुकका थप नागरिकलाई गरिबीको रेखामुनि धकेल्न सक्छ, आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts