Sunday, February 7, 2016

देउवा पक्षले मतपत्र लुटेपछि कांग्रेस अधिवेशन अन्योलमा

काठमाडौं,माघ २५। संस्थापन पक्षले धाँधली गरेको आरोप लगाउँदै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले रुकुमा छापिँदै गरेका मतपत्र लुटेपछि क्षेत्रीय र जिल्ला अधिवेशन रोकिएको छ । जिल्ला अधिवेशन सोमबारका लागि तोकिए पनि क्षेत्रीय अधिवेशन नभएकाले स्थगित हुने निश्चित भएको आजको नयाँ पत्रिकामा समाचार छ ।

सदरमुकाम खलंगाको राप्ती अफसेट प्रेसमा छापिँदै गरेको २ नम्बर क्षेत्रका तीन सयमतपत्र देउवा पक्षले लुटेर लगेको संस्थापन पक्षको आरोप छ । संस्थापन पषबाट विल्ला सभापतिका उम्मेदवार प्रेमप्रकाश ओलीले देउवा पक्षले मतपत्र लुटेको आरोप लगाए ।
देउवा पक्षले भने मतपत्र लुटिएको नभई सुरक्षित राखेको जनाएको छ । देउवापक्षीय नेता नन्द विष्ठले आफूहरुले मतपत्र लुटेको नभई सुरक्षित राखेको दावी गरे ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts