Sunday, February 7, 2016

कांग्रेसको जिल्ला अधिवेशन आज,संस्थापन र देउवाबीच कडा प्रतिस्पर्धा

काठमाडौं,माघ २५ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुँदैछ। गाउँ र क्षेत्रिय अधिवेशन सकिएका ६६ जिल्लामा आज जिल्ला अधिवेशन हुन लागेको हो। जिल्लामा नेतृत्व चयनका लागि संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ । तर क्षेत्रिय अधिवेशन हुन नसकेका जिल्लामा भने सोमवार जिल्ला अधिवेशन हुने छैन। ७५ वटै जिल्लामा जिल्ला अधिवेशन एकसाथ गर्ने भनिएपनि कतिपय जिल्लामा विवादका कारण क्षेत्रिय अधिवेशन नै हुन नसकेकाले ८ जिल्लाको जिल्ला अधिवेशन प्रभावित भएको हो।

।धनुषा, बारा, पर्सा, सप्तरी, सोलुखुम्बु, डोल्पा, दाङ लगायत जिल्लामा सोमबार जिल्ला अधिवेशन नहुने निर्वाचन समितिले जनाएको छ। यस्तै एउटामात्रै निर्वाचन क्षेत्र भएको डडेल्धुरामा भने यसअघि नै जिल्ला अधिवेशन भइसकेको छ। अधिवेशनबाट जिल्ला सभापतिमा दोस्रो कार्यकालका लागि कर्णबहार मल्ल सभापतिमा निर्वाचित भइसकेका छन्।

यस्तै तराईका जिल्लाहरुमा भने मधेसी मोर्चाका कार्यकर्ताको अबरोध र आन्तरिक विवादका कारण क्षेत्रिय अधिवेशन हुन नसकेको छैन। यसैगरी दाङ क्षेत्र नम्बर ३ को अधिवेशनका समयमा निर्वाचन अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि आइतवारमात्रै क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ। यसअघि कांग्रेसले माघ १५ गते गाउँ र नगर, २२ मा क्षेत्रीय, २५ मा जिल्ला अधिवेशनको मिति तोकेको थियो। तर केही जिल्लामा भने प्राविधिक कारणले क्षेत्रिय अधिवशेन हुन सकेको छैन।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि १३ औं महाधिबेहन भने आउँदो फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुने कार्यक्रम छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts