कपिलवस्तु, माघ २१ । इलाका प्रहरी कार्यालय पिपरा र कोटीहवा सामुदायिक बन राष्ट्रिय बन कार्यलयबाट खटिएको संयुक्त टोलीले ७१.७९ क्यु पिट सालको काठ बरामद गरेको छ ।
बाणगंगा नगरपालिका स्थित कोटिहवा बन क्षेत्रको जंगल फडानी गरी सालको काठ तस्करी गरी ल्याउने गरेको भन्ने सूचना प्राप्त भएपछि खटिएको टोलीले गस्ती गर्दै निग्रानी राख्दै जाने क्रममा बुधबार राति भलवाङ स्थित बाल कल्याण निम्न माध्यामिक बिद्यालयको सार्वजनिक जग्गामा खाडल खनी लुकाई राखेको अवस्थामा ९ वटा गोलियामा रहेको उक्त काठ बरामद गरेको हो ।
बरामद काठ इलाका तथा सेक्टर बन कार्यालय पिपरामा बुझाइएको छ । फरार तस्करहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।
Wednesday, February 3, 2016
तस्करी गरी ल्याउने गरेका काठ बरामद
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment