Tuesday, February 2, 2016

क्वाटरफाइनलमा नेपालको भिडन्त बंगलादेशसँग

काठमाडौं,माघ १९ । बंगलादेशमा जारी यु १९  विश्व क्रिकेटको क्वाटरफाइनलमा नेपाल र आयोजक बंगलादेशबीच भिडन्त हुने भएको छ । मंगलबार समूह ए अन्तरगतको अन्तिम खेलमा नामाबियालाई पराजित गर्दै बंगलादेश समूह विजेता बनेपछि नेपालसँग भिडन्त हुने पक्का भएको हो ।

समूह डी को उपविजेताको रुपमा अन्तिम ८ मा स्थान बनाएको नेपालले समूह ए को विजेता बंगलादेशसँग सेमिफाइनलमा प्रवेशका लागि आउँदो शुक्रबार खेल्ने छ । समूह ए को उपविजेता नामिबियाले समूह डी को विजेता भारतसँग खेल्ने छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts