Sunday, February 21, 2016

संविधानविरुद्ध आन्दोलन गर्ने उपप्रधानमन्त्रीको तयारी

काठमाडौं,फागुन १० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धन सरकारमा उपप्रधान तथा गरिवि निवारण र सहकारी मन्त्री छन् । जुन संविधानलाई टेकेर उनी मन्त्री बनेका छन्, उनको दलले भने त्यही संविधानमा व्यवस्था भएको संघीयताविरुद्द आन्दोलन गरेको छ ।

गठबन्धन सरकारको साझेदार दल राष्ट्रिय जनमोर्चा (राजमो) ले नयाँ संविधानले अंगिकार गरेको संघीय राज्य प्रणाली खारेजीको माग गर्दै देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । राजमोले संघीयताबाहेकका संविधानका अन्य व्यवस्थाको कार्यान्वयनमा सक्रिय हुने निर्णय गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts