Wednesday, February 10, 2016

यू-१९ विश्वकप:सातौँ स्थानका लागि नेपाल र नामिबियाबीचको भिडन्त भोली

काठमाडौं,माघ २७  । यू-१९ विश्वकप क्रिकेटमा नेपालले सातौं स्थानका लागि  नेपाल र नामिबियाबीच भिडन्त हुने भएको छ । सुपरलिगको प्ले अफ अन्तर्गत बुधबारको खेलमा नामिबिया ईंग्ल्याण्डसँग २०३ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालसँगको भिडन्त तय भएको हो। यी दुई देश बीचको खेल भोली हुनेछ

ईंग्ल्याण्ड र पाकिस्तानले अब पाँचौ स्थानका लागि खेल्नेछन्। सन् २०१८ को १९ वर्षमुनिको विश्वकपमा सोझै छनौट हुन नेपालले नामिबियालाई हराउनु पर्नेछ ।  एशोसिएट राष्ट्रमध्ये उत्कृष्ट टिमले आगामी विश्वकप सोझै खेल्न पाउने आइसिसीको नयाँ नियम अनुसार नेपाल र नामिबियाबिचको खेल महत्वपूर्ण रहेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts