Wednesday, February 10, 2016

कोइरालाको किरिया दागबत्ती दिएका दुबै भतिजा बस्ने

काठमाडौं,माघ २७ ।  नेपाली काँग्रेसका दिवङ्गत सभापति सुशील कोइरालाको अन्त्येष्टि किरिया कोइराला निवास महाराजगन्जमा बस्ने व्यवस्था मिलाइएको छ। स्वर्गीय कोइरालालाई दागबत्ती दिएका उनका भतिजाद्वय अतुल र सुधांशु कोइराला नै किरियामा बस्नेछन्। यसअघि पशुपतिस्थित आर्यघाटमा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालगायतका नेता तथा कार्यकर्ताले भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गरेका थिए।

दाहसंस्कार चलिरहँदा त्यहाँ उपस्थित कार्यकर्ताले ‘सभापति कोइराला अमर रहुँन्, नेपाली काँग्रेस जिन्दावाद’जस्ता नारा लगाएका थिए। कोइरालाको पार्थिव शरीरलाई चितामा राख्नुअघि त्यहाँस्थित ब्रह्मनालमा हिन्दू विधिअनुसार अन्तिम संस्कार गरिएको थियो।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायत विशिष्ठ व्यक्ति र नातेदारले माला चढाएर श्रद्धासुमन अपर्ण गरेका थिए।

श्रद्धाञ्जलि अपर्ण गर्न भुटानका गृहमन्त्री ल्योन्पो दावा ग्याल्तसेन र नेपालस्थित भारतीय राजदूत रञ्जीत राय आर्यघाट पुगेका थिए।
उनको दाहसंस्कारलाई नजिकबाट नियाल्न पार्टीका कार्यकर्ता एवम् सर्वसाधारणको ठूलो जमात बाग्मतीमा जमेको पानी भित्रै पसेको थियो।
पशुपतिनाथ मन्दिर तथा आर्यघाट वरिपरि तस्बिरसहित ‘निष्ठाका यात्री सुशील’ लेखिएका फ्लेक्स र नेपाली काँग्रेसको झन्डा राखिएको थियो । रासस
-सेतोपाटी

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts