Wednesday, February 3, 2016

क्रिश्चियन धर्मको प्रचार गर्ने मन्त्री एकनाथ ढकालको योजना तुहियो

काठमाडौं,माघ २१ । क्रिश्चियन धर्मको प्रचार गर्ने शान्तिमन्त्री एकनाथ ढकालको योजना असफल भएको छ । राज्यकोषको रकम दुरुपयोग गरी २० जना सांसदहरुलाई क्रिश्चियन धर्मको कार्यक्रममा दक्षिण कोरिया लैजाने मन्त्री ढकालको योजना थियो । क्रिश्चियन धर्मको प्रर्वधन गर्ने उदेश्य मात्र राखिएको कार्यक्रम बनाएर मन्त्री ढकालले मन्त्रीपरिषदमा प्रस्ताव पनि लिएका थिए ।

तर उनको प्रस्तावलाई मुख्य सचिव सोमलाल सुबेदीले अस्वीकार गरिदिएका छन् । मुख्य सचिवले सांसदको भ्रमणका लागि सभामुखले स्वीकृति दिनुपर्ने कार्यविधी बनेको भन्दै मन्त्री ढकालको प्रस्ताव अस्वीकृत गरेका हुन् । नयाँपत्रिकाका अनुसार मन्त्री ढकालले दक्षिण कोरियाको सिओलमा २९ माघदेखि ४ फागुनसम्म हुने क्रिश्चियन धर्म प्रर्वधनको कार्यक्रममा २० जना सांसदहरुलाई लिन खोजेका थिए । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालका २० जना सांसदलाई सिओलमा लिने प्रस्ताव मन्त्रीपरिषदको कार्यालयमा दर्ता गरेका थिए ।

‘मन्त्री र सांसदहरूको टोली विशुद्ध रूपमा क्रिस्चियन धर्मको प्रवद्र्धन गर्ने कार्यक्रममा जान लागेको पाइयो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘देशलाई फाइदा नहुने देखेर नै प्रस्ताव फिर्ता पठाइएको हो । सांसदहरुलाई भ्रमण र भत्ताको लोभ देखाएर मन्त्री ढकालले विदेश लिने आश्वासन दिएका थिए । उनले दैनिक ३ सय डलर भत्ता दिने र आवत–जावत, बस्न खान सवैको प्रवन्ध मिलाउने आश्वासन समेत दिएका थिए । मन्त्री ढकालले यसअघि पनि सांसद, मन्त्री र प्रधानमन्त्री समेतलाई क्रिश्चिन धर्मको कार्यक्रममा पुरयाइसकेका छन् ।

को–को थिए कोरिया जाने सांसद ?
भानुभक्त ढकाल (एमाले)
हितराज पाण्डे (एमाओवादीं)
डोरप्रसाद उपाध्याय (एमाओवादी)
वविना मोक्तान (राप्रपा नेपाल)
छाया शर्मा पन्त (संघीय फोरमं)
डिलबहादुर नेपाली (संघीय फोरमं)
दुर्गा पौडेल (राष्ट्रिय जनमोर्चा)
डा. गणेश गुरुङ (एमालें)
हरिप्रसाद उप्रेती (एमाले)
जयदेव जोशी (नेकपा संयुक्त)
जयन्द चन्द (राप्रपा)
कमला विश्वकर्मा (नेकपा माले)
खड्गबहादुर बस्याल (कांग्रेस)
कृष्णभक्त पोखरेल (एमाले)
पार्वता डिसी चौधरी (कांग्रेस)
ओमदेवी मल्ल (कांग्रेस)
रामनारायण बिडारी (एमाओवादी)
श्रीमाया थकाली (एमाले)
मिलनकुमार राजवंशी (परिवार दल)
रवि शर्मा अर्याल .(सहसचिव, संसद्ं)

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts