Wednesday, February 3, 2016

महतो भन्छन् -‘सधै एउटै शैलीको आन्दोलनको अर्थ छैन, नाका तत्काल खुल्छ’

वीरगन्ज, माघ २१ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज–रक्सौल नाका खुला गर्नुपर्ने बताएका छन् । भारतबाट फर्किए लगत्तै उहाँले वीरगन्जको नाकाबन्दीले सरकारलाई असर नपरेको भन्दै नाकाबन्दी खोल्ने प्रस्ताव मोर्चामा आफूले लैजाने बताएका हुन । उनले १२ महिना एउटै शैलीको आन्दोलन जारी राख्न नसकिने बताउदै वीरगन्ज–रक्सौल नाका तत्काल खुला गर्ने जनाएका हुन् ।

मधेस आन्दोलनका लागि सहयोग जुटाउन भन्दै भारतको बिहार पुगेर फर्किएका अध्यक्ष महतोले टेलिफोनमा कुरा गर्दै नाका बन्द हुँदा मधेसको आर्थिक अवस्था धारासाही बन्दै गएकाले वीरगन्ज–रक्सोल नाका पनि छिट्टै खुला गर्नुपर्ने बताएका हुन् । ‘वीरगञ्ज नाका मात्रै बन्द गरेर अर्थ छैन, शुक्रबारदेखि बस्ने मोर्चाको बैठकमा यो नाका पनि खोल्नुपर्ने प्रस्ताव म आफैं गर्दैछु’ ।

उनले नाकाबन्दीका कारण आर्थिक राजधानीको रुपमा चिनिएको वीरगन्ज शहर धारासाही बन्दै गएको बताए । नाका खोल्ने विषयमा मोर्चामा आबद्ध अन्य दलका नेताहरुलाई सकारात्मक हुन उनको आग्रह थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts