Monday, February 22, 2016

काँग्रेसको केन्द्रीय समितिको वैठक बस्दै,के हुदैछ बैठकमा,मिल्ला त विवाद ?

काठमाडौं,फागुन ११ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । वैठकमा पार्टीको आसन्न १३ औं महाधिवेशनको तयारी तथा विधान संशोधन लगायतका विषयमा छलफल गर्न हुनेछ । नेपाली काँग्रेसले अव अवलम्वन गर्ने निति तथा कार्यक्रमको मस्यौदालाई आज अन्तीम रुप दिने भएको छ ।केही हप्ता अगाडी निति तथा कार्यक्रम समितिको कार्यदलले बनाएको मस्यौदालाई केन्द्रीय सदस्य तथा जिल्लास्तरका नेताहरुलाई सुझावका लागि पठाईएकाले उनीहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर आज अन्तीम रुप दिने तयारी भईरहेको नेताहरुले बताएका छन् ।

बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो । पार्टी सभापति सुशील कोइरालको निधनको १३ औ दिनको औपचारिक कार्यक्रमपछि काँग्रेसले केन्द्रीय समितीको बैठक राखेको हो । बैठकमा पार्टीको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने कार्यवाहक सभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

पार्टी बैठकमा नीति तथा कार्यक्रमका साथै विधानको विषयमा समेत छलफल हुने बताइएको छ । पार्टीे केन्द्रीय महाधिवेशन सुरु हुन १० दिन मात्र बाँकी रहेपनि पदाधीकारी थप लगायतका विषयमा पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवाबीच कुराकानी भएको छैन । वर्तमान केन्द्रीय समितिको आज बस्ने बैठक सम्भवत अन्तिम हुनेछ । कांग्रेसको १३ औं महाधिवेशन यही २० देखि २३ सम्म राजधानीमा हुँदैछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts