Monday, February 22, 2016

कट्रिनालाई ब्रेकअप ‘इफेक्ट’

एजेन्सी । रणवीर कपूरसँगको ब्रेकअपपछि कट्रिना कैफ डिप्रेशनको शिकार भएकी छिन् । उनि अहिलो १२-१३ घण्टासम्म सुत्ने गरेको बताइएको छ । कुनै बेला व्यस्तताका कारण निकै कम सुत्ने उनी अहिले भने यति लामो समय सुत्ने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मनोवैज्ञानिकहरूले यसलाई ‘पोष्ट ब्रेकअप इफेक्ट’ भनेका छन् । यसमा मानिस आफ्नो विचारबाट टाढा भाग्न चाहन्छ र आवश्यकताभन्दा बढी सुत्ने उनीहरूको भनाइ छ । गत वर्ष दीपिका पादुकोण पनि कामको भारका कारण डिप्रेशनमा परेकी थिइन् । पछि उनले एक संस्था निर्माण गरेर सकारात्मक बाटो रोजेकी थिइन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts