Monday, February 22, 2016

पार्टीको नयाँ नेतृत्वका लागि आफू पनि सक्षम: सिंह

काठमाडौं,फागुन १० । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको नयाँ नेतृत्वका लागि आफू पनि सक्षम रहेको बताएका छन् । पार्टीको १३औं महाधिवेशनका लागि काठमाडौं जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको सम्मान तथा बधाइका लागि नेविसंघ काठमाडौंले सोमबार आयोजना गरेको कार्यक्रममा सिंहले पार्टीको आगामी नेतृत्वका लागि आफू पनि तयार रहेको बताएका हुन् । पार्टीको आसन्न १३ औं महाधिवेसनमा नेतृत्वका लागि संस्थापन पक्षबाट कार्यबाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइराला लगायतका नेताहरुले नेतृत्वका लागि दाबी गरिरहेका बेला महामन्त्री सिंहले उनीहरु भन्दा आफू कमजोर नरहेको पनि दाबी गरे ।

अरु नेताहरुलाई आफू मात्रै सक्षम रहेको नदेख्न आग्रह गर्दै सिंहले भने–‘अहिले देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुको ठूलो संख्याले मलाई पार्टीको नेतृत्व लिन दबाब दिइरहेको छ।’ पार्टी अधिवेशनका बीचमा नै सभापति सुशील कोइरालाको असामयिक निधनका कारण संस्थापन पक्षका नेताहरुमध्ये रामचन्द्र पौडेलबाहेक अन्य नेताहरुले फागुन ९ गतेसम्मको समयमा औपचारिक रुपमा आफ्ना धारणाहरु बाहिर ल्याएका थिएनन्।

वरिष्ठ नेता शेरबहादुर देउवाले भने यसअघि नै पार्टीको आगामी नेतृत्वका लागि दाबी गर्दै आफ्नो नेतृत्वमा कांग्रेसलाई एक बनाउन संस्थापन पक्षका नेताहरुलाई आफ्नो टिममा आउन अनौपचारिक दौडधूप र आग्रह गर्दै आइरहेका छन्। कांग्रेसको १३औं महाधिवेशन फागुनको २० देखि २३ गतेसम्म राजधानीमा हुँदै छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts