काठमाडौं,माघ २२ । आइसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत आज भइरहेको क्वार्टरफाइनलमा नेपालले घरेलु टोली बंगलादेशसामु २ सय १२ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । ढाकाको शेर बंगाल रंगशालमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रन बनाएपछि बंगलादेशले २१२ रनको लक्ष्य पाएको हो ।
नेपालका कप्तान राजु रिजालले ८० बलमा ८ चौका र एक छक्काको मद्दतमा ७२, सुनिल धमला २५, प्रेम तामाङले नटआउट २२, दिपेन्द्र सिंह ऐरीले २२, आरिफ शेख २१, कुशल भुर्तेलले १४, राजवीर सिंह ९, सन्दिप सुनार ७, सुशिल कँडेलले दुई तथा योगेन्द्र सिंह कार्की एक रन बनाए । बंगलादेशका मोहम्मद साइफुदिनले दुई तथा मेहदी हसन राना, सालेह अहमद सलोवन र मेहदी हसन मिर्जाले समान एक एक विकेट लिए ।
No comments:
Post a Comment