Friday, February 5, 2016

पाँच महिनादेखि अवरुद्ध वीरगन्ज खुकुलो

वीरगञ्ज,माघ २२ । पाँच महिनादेखि अवरुद्ध भएको वीरगन्ज नाका शुक्रबार दिउसोदेखि सुचारू भएको छ। मित्तेरी पुलमा मधेसी मोर्चाले लगाएको बासको ढाट (अवरोध) रक्सौलस्थित भारतीय नागरिकहरुको समूहले हटाएपछि वीरगञ्ज-रक्सौलको प्रमुख नाका आजदेखि खुलेको हो । नाका खुलेसँगै मुल नाकाबाट मालवाहक ट्रकहरू भित्रने क्रम सुरू भएको छ। पुलबाटै सवारी साधन आवतजावत गरिरहेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ भने नाकामा एकाएक चहलपहल बढेको छ। मितेरी पुलमा सशस्त्र प्रहरीको टोली बसेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts